Sunday, December 26, 2010

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

यही मिति 2067.09.11 गते धरान नगरपालिका क्षेत्रमा नयाँ घर निर्माणका लागि घरनक्सा दर्ता गर्नु भएका निवेदकहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धरान नगर क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्तिहरूलाई कसरी भूकम्प प्रतिरोधी घर तथा भवन निर्माण गर्न सकिन्छ भनेर जानकारी प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो भने कार्यक्रममा भवन निर्माणको लागि धरान नगरपालिकाका प्रकृयाहरु तथा नेपाल राष्ट्रिय भवन निर्माण स‌‌हिता 2060 को बारेमा पनि जानकारी लगायत भवन निर्माण सम्बन्धी प्राविधिक जानकारीहरू समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा सहजीकरण धरान नगरपालिकाका इन्जिनियरद्वय सुरज श्रेष्ठ र राजु पोख्रेलले गर्नु भएको थियो । त्यसै गरी कार्यक्रमको महत्वको विषयमा धरान नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खगेन्द्रप्रसाद खतिवडा र प्रशासकीय अधिकृत तथा क्षमता विकास योजना सम्पर्क व्यक्ति गणेशप्रसाद खतिवडाले प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रम धरान नगरपालिकाको तीन वर्षे क्षमता विकास योजना अन्तर्गत उपभोक्ता समिति तथा टोल विकास संस्थाहरूको क्षमता अभिवृद्धिको लागि गरिएको हो भने धरान नगरपालिकाले नेपाल राष्ट्रिय भवन निर्माण स‌‌‌हिता 2060 लाई मिति 2064 भदौ 5 गते देखि लागु गरेको छ ।

No comments:

Post a Comment