Sunday, July 24, 2011

आर्थिक वर्ष 2068/69 को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक



यही मिति 2068 श्रावण 4 गते बुधवारका दिन एक समारोहका बीच क्षेत्रीय प्रशासक श्री धरणीधर खतिवडाको प्रमुख आतिथ्यमा धरान नगरपालिकाको आर्थिक वर्ष 2068/69 को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरियो ।

धरान नगरपालिकाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका दलीय सञ्चालन संयन्त्रका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, उद्योग वाणिज्य संघ सुनसरीका प्रतिनिधिहरू, नगरवासी, जनजाति महासंघका प्रतिनिधिहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो भने नीति तथा कार्यक्रम तथा बजेटको प्रस्तुति कार्यकारी अधिकृत श्री विष्णुप्रसाद पोखरेलले गर्नु भएको थियो ।

आर्थिक वर्ष 2067/68 मा जेष्ठ सम्म 19 करोड 80 लाख 21 हजार 8 सय 94 रुपैयाँ र 42 पैसा यथार्थ आय र रु 16 करोड 76 लाख 76 हजार 9 सय 27 रुपैयाँ र 15 पैसा यथार्थ व्यय भएको छ भने आर्थिक वर्ष 2068/69 को लागि अनुमानित 31 करोड 79 लाख 95 हजार 3 सय 95 रुपैयाँ र 34 पैसाको अनुमानित आय व्यय (बजेट) प्रस्तुत गरिएको  ।

No comments:

Post a Comment