Monday, September 26, 2011

MCPM मा धरान नगरपालिका पूर्वाञ्चलमा प्रथम र कर्मचारीहरू पुरस्कृत ।

आर्थिक वर्ष 2066/2067 को "न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (Minimum Condition and Performance Measurements)" मा धरान नगरपालिका MC मा 13 वटा सूचकमा 13 वटै सूचक पुरा गरेको र PM तर्फ 100 अङ्कमा 75 अङ्क प्राप्त गरी नेपाल अधिराज्य भरको 58 नगरपालिकाहरूमा छैठौँ स्थान हासिल गरेको छ भने पूर्वाञ्चलका 14 वटा नगरपालिकाहरू मध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष 2065/2066 मा 13 वटा सूचकमा 12 वटा सूचक पुरा गरेको र PM तर्फ 100 अङ्कमा 62 अङ्क प्राप्त गरी 11 ‌औ स्थान रहेको थियो ।

उक्त अग्रणी स्थान हासिल गरे बापत धरान नगरपालिकाले 25% थप अनुदान र कर्मचारीहरूलाई प्रोत्साहित गर्न नेपाल सरकार स्थानीय निकाय वित्तीय आयोगको सचिवालयले रु. 75 हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरेको छ ।

 स्थानीय विकास मन्त्रालयबाट प्रत्येक वर्ष गरिने MCPM मापनमा 58 वटा नगरपालिकाहरूले प्राप्त गर्ने अङ्कको आधारमा अनुदान रकम थपघट हुने व्यवस्था रहेको छ । स्थानीय स्वायत्त शासन ऐन र यस अन्तर्गतका नियमहरूको प्रावधानहरू पालना गरे नगरेको कुरा "न्यूनतम शर्त (MC)" का सूचकहरूबाट थाहा हुन्छ भने नगरपालिकाहरूद्वारा संचालन गरिन कामको समय गुणस्तर र प्रकृया "कार्य सम्पादन (PM)"का सूचकहरूबाट मापन गरी मूल्याङ्कन गरिन‍्छ ।

1 comment: