Friday, February 3, 2012

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तिन दिने तालिम कार्यक्रम सम्पन्न



नगरपालिका क्षमता विकास योजना अन्तर्गत निर्माणकर्मी तथा प्राविधिकहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तिन दिने तालिम कार्यक्रम २ चरणमा सम्पन्न गरिएको छ ।

पहिलो चरणमा मिति २०६८ माघ ३ गते देखि ५ गते सम्म (३ दिने) क्यूपेक नेपालसँगको सहकार्यमा ४५ जना निर्माणकर्मी तथा प्राविधिकहरूलाई तालिम प्रदान गरिएको थियो भने दोस्रो चरणमा पुन: मिति २०६८ माघ १७ गते देखि १९ गते सम्म (३ दिने) स्थानीय भवन निर्माण व्यवसायी संघको सहकार्यमा जम्मा ५० जना निर्माणकर्मीहरू तथा प्राविधिकहरूलाई तालिम प्रदान गरिएको थियो ।

धरान नगरपालिका कार्यालय भवनमा सम्पन्न उक्त तालिम कार्यक्रमको उद्देश्य धरान नगरपालिकाले २०६४ साल देखि लागू गर्दै आइरहेको भवन संहितालाई प्रभावकारी कार्यान्वयनको लागि दक्ष निर्माणकर्मीको उत्पादन गर्नु तथा भूकम्प प्रतिरोधी भवन निर्माणको लागि प्रोत्साहन गर्नु रहेको छ ।

2 comments:

  1. For about 30 years, engineers have constructed skyscrapers that float on systems of ball bearings, springs and padded cylinders. They don't sit directly on the ground, so they're protected from some earthquake shocks. In the event of a major earthquake, they sway up to a few feet. The buildings are surrounded by "moats," or buffer zones, so they don't swing into other structures.Now it's the time to make earthquake-proof building.
    Thanks:)
    ビーグレン

    ReplyDelete
  2. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 검증토토

    ReplyDelete