Wednesday, April 4, 2012

पाँच दिने कार्यालय व्यवस्थापन तालिम सम्पन्‍न




धरान नगरपालिका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नगरपालिका क्षमता विकास योजना २०६६ अन्तर्गत यस आ.व. २०६८/०६९ मा नगरपालिका कर्मचारीहरूको क्षमता विकासको लागि कार्यालय व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम मिति २०६८ चैत्र १३ गते देखि १७ गते सम्म सम्पन्न गरियो ।

तालिम कार्यक्रमको सहजिकरण नगर विकास प्रशिक्षण केन्द्रका प्रशिक्षकद्वय जयकृष्ण श्रेष्‍ठ र हरी कृष्ण कोइरालाले गर्नु भएको थियो भने नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र कुमार पौडेल तथा नगरपालिकाका कानुनी सल्लाहकार शिवकुमार भण्डारीले पनि सहजिकरणमा सहयोग गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाको विभिन्न शाखा, उपशाखा, एकाइ तथा वडा कार्यालय समेतबाट गरी जम्मा २० जना कर्मचारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यालय व्यवस्थापन भित्रका पत्र दर्ता, चलानी, फाईलिङ्ग प्रक्रिया, टिप्पणी, सुशासन, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, वार्ता तथा मध्यस्थताको सीप, सूचनाको हक, प्रस्ताव तथा प्रतिवेदन लेखन, सरजमिन तथा सिफारिस मुचुल्का जस्ता कार्यालय व्यवस्थापनमा प्रत्यक्ष सरोकार राख्‍ने विषयवस्तुहरू समेटिएको थियो । तालिम कार्यक्रमले धरान नगरपालिका कार्यालयको व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाउन सहयोग गरी नगरवासीहरूमा छिटो छरितो सेवा प्रवाह गर्ने नगरपालिकाको उद्देश्यमा सहयोग पुर्‌याउनु यस कार्यक्रमको उद्देश्य रहेको थियो ।

1 comment: