Wednesday, July 25, 2012

एकीकृत सम्पत्ति करको वडा भेला शुरु

(माथिको तस्विर: शारदा बालिका नमूना उच्च मा.वि.मा भएको वडा नं. 16 को वडा भेला)

धरान नगरपालिकाले यही आ.ब. 2069/70 देखि लागू गर्न प्रस्तावित गरिएको एकीकृत सम्पत्ति कर सम्बन्धी मूल्याङ्कन सम्बन्धमा वडाबासीहरु छलफल तथा अन्तरकृया गर्ने कार्यक्रम अन्तर्गत मिति 2069 श्रावण १० गते बुधवार 16 नं. वडाबासीहरु सँग बिहान 8 बजे श्री सारदा बालिका उच्च मा.वि. मा र 12 नं. वडाबासीहरु संग दिनको २ बजे मोतिस्मृति भवनमा छलफल तथा अन्तरकृया कार्यक्रम  सम्पन्न भयो ।

कार्यक्रममा एकीकृत सम्पत्तीकर मूल्याङ्कन समितिका - 2069 को संयोजक किशोर राईले यस वडा भेला गर्नको उद्देश्य तथा एकीकृत सम्पत्ति करको वृद्धि गर्नुका कारणकाबारे प्रकाश पार्नु भएको थियो भने कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाले सम्बन्धित वडाहरुबाट उठ्ने एकीकृत सम्पत्ति कर र प्रस्तावित 15 प्रतिशत मूल्याङ्कन बढाउँदा हुने कर दर परिवर्तनका बारेमा प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा पूर्व दलीय संयन्त्रका प्रतिनिधि तथा शाखा प्रमुखहरू समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा उपस्थित वडाबासीहरु एकीकृत सम्पत्तिकर लगायत नगरपालिकाका क्रियाकलापहरूका बारेमा जिज्ञासा तथा सुझावहरू प्रदान गरिएको थियो ।

आगामी वडा भेला कार्यक्रमको तालिम निम्न अनुसार रहेको छ ।


वडा नं.
मिति
समय
स्थान
१२
२०६९।०४।१०
२ बजे
मोती भवन
१६
२०६९।०४।१०
८ बजे
बालिका स्कुल
२०६९।०४।११
८ बजे
सिद्धीनेवाः परिषद
१ र ४
२०६९।०४।११
२ बजे
उ.बा.संघ हल
११
२०६९।०४।१२
८ बजे
ज्ञानोदय उ.मा.वि.
५ र ६
२०६९।०४।१२
२ बजे
निकेतन उ.मा.वि.
२०६९।०४।१४
२ बजे
सिद्धीनेवाः परिषद
२०६९।०४।१४
८ बजे
वडा समिति कार्यालय
२ र ३
२०६९।४।१५
२ बजे
राधाकृष्ण मन्दिर
१५
२०६९।०४।१५
८ बजे
सदन स्कुल हल
१०
२०६९।०४।१६
८ बजे
किराँत राई यायोक्खा भवन
१४
२०६९।०४।१६
२ बजे
दन्तकाली मन्दिर
१३
२०६९।०४।१७
२ बजे
अमरसेवा समाज
१८
२०६९।०४।१७
८ बजे
वडा समिति कार्यालय
१७
२०६९।०४।१९
२ बजे
उदय सामुदायिक हल
१९
२०६९।०४।१९
८ बजे
हरियाली सामुदायिक भवन हल

1 comment: