Tuesday, August 21, 2012

भूकम्प चेतना दिवस – 2069 भव्य रूपमा सम्पन्न



विगत वर्षहरूमा जस्तै यस वर्ष पनि यही मिति 2069 भाद्र 5 गते धरान नगरपालिकाद्वारा "भूकम्प चेतना दिवस – 2069" भव्य रूपमा मनाएकोछ ।

धरान नगरपालिका प्राङ्गणबाट सुरु भएको र्‍यालीले भानुचौक परिक्रमा गरी फेरी धरान नगरपालिकामानै आइ सभामा परिणत भएको थियो । र्‍यालीमा धरान नगरपालिकाका कर्मचारी, स्थानीय भवन निर्माण व्यवसायी संघका प्रतिनिधि, CUPPEC – Nepal का प्रतिनिधिहरूको संलग्नता रहेको थियो भने श्रदाञ्जलीबाट शुरु भएको सभा कार्यक्रममा वर्ष भरी नेपाल राष्ट्रिय भवन निर्माण संहिता अनुरूप भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने कार्यमा विशेष योगदान पुर्याउनु हुने ३ जना निर्माणकर्मीहरु तथा ३ जना निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी लगायत अन्य सहभागीहरूबाट आआफ्नो भनाई राख्नु भएको थियो भने धरान नगरपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख भोजराज खतिवडाले आफ्नो भनाई सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रम समापन पश्चात् धरान नगरपालिकाका कर्मचारी, स्थानीय भवन निर्माण व्यवसायी संघका प्रतिनिधि,  CUPPEC – Nepal का प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले धरान ६ स्थित धरान घण्टाघर परिसरमा रहेको भूकम्प स्मारकमा पुगी वि.स. 2045 सालमा मृत्यु हुनु भएका धरानवासीहरुको सम्झनामा 116 वटा दिप प्रज्वलित गरिएको थियो भने अघिल्लो दिन अर्थात् भदौ 4 गते छाता चौकमा यूमा आर्ट ग्यालरीको आयोजनामा चित्रकला प्रदर्शनी समेत आयोजना गरिएको थियो ।

No comments:

Post a Comment