Tuesday, September 25, 2012

शहरी क्षेत्रमा फोहोरबाट ऊर्जा निकाल्ने प्रविधि सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न


यही मिति 2069 असोज 8 गते सोमवार दिन धरान नगरपालिका सभा हलमा शहरी क्षेत्रमा फोहोरबाट ऊर्जा निकाल्ने प्रविधि सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धरान नगरपालिका तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र खुमलटारको साझेदारीमा सञ्चालन भएको उक्त कार्यक्रममा धरानको जैविक फोहरबाट वैकल्पिक ऊर्जा (ग्याँस, विद्युत्) उत्पादन गर्ने सम्बन्धमा अन्तरकृया गरिएको थियो ।

धरान नगरपालिकामा फोहरमैला व्यवस्थापनका क्षेत्रमा कार्यरत संघसंस्थाहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि,  सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भोजराज खतिवडाले धरान नगरपालिकाको फोहरमैला व्यवस्थापन स्थिति प्रस्तुत गर्नु भएको थियो भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका फोहोरको दिगो व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा उत्पादन सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीकरण पश्चात् कार्यक्रममा सहभागीहरू माझ धरानको फोहोरलाई वैकल्पिक ऊर्जामा परिवर्तन गर्न सकिने सम्भावनाका विषयमा अन्तरकृया भएको थियो ।

No comments:

Post a Comment