धरान नगरपालिकाको शैक्षिक विकासलाई गति प्रदान गर्ने र क्षेत्रलाई सहयोग गर्ने र बालमैत्री नगरको रूपमा स्थापना गर्ने नीति अनुसार सामुदायिक विद्यालयलाई सहयोग कार्यक्रम अन्तर्गत धरानमा रहेका ३ वटा सामुदायिक विद्यालय र एक सुकुम्वासी बस्तीमा शिक्षाको प्रचारप्रसारमा लागेको गैससलाई जम्मा 8 वटा कम्प्युटर वितरण गरिएको छ ।
कम्प्युटर वितरण सम्बन्धित संस्थामानै गएर सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थी सहितको कार्यक्रममा प्राधानाध्यकलाई हस्तान्तरण गरिएको थियो भने नगरपालिकाबाट धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भोजराज खतिवडाले वितरण गर्नु भएको थियो । श्री नि.मा.वि. - धरान 17 मा प्राध्यानाध्यक निर्मला राई, ज्ञानोदय उच्च मा.वि. धरान – 11 मा हरी राई, पञ्चायत उच्च मा.वि. - धरान 10 मा सुवोध शर्मा र यूवा सञ्जाल - धरान 3 मा विश्वकला राईले २/२ थान कम्प्युटर सेट बुझ्नु भएको थियो ।
वितरण कार्यक्रममा कार्यकारी अधिकृत भोजराज खतिवडाले धरान नगरपालिकाले शुरु गरेको सानो प्रयासलाई विद्यालय व्यवस्थापन समिति तथा अभिभावहरुले अगाडि बढाएर लैजान हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो भने विद्यालयको तर्फबाट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरू, अभिभावकहरू र शिक्षक विद्यार्थीले प्राप्त कम्प्युटरलाई थप गरी कम्प्युटर शिक्षा प्रदान गर्न आवश्यक पहल गर्ने बताएका थिए ।
This comment has been removed by the author.
ReplyDelete