यही मिति 2069 पौष 9 गते सोमवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा दिनको 11:30 बाट "धरानमा रहेका अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि धरान नगरपालिका र अन्य निकायको दायित्व तथा भूमिका" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने भएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण नगरवासी, उपभोक्ता समितिका पदाधिकारी, गैरसरकारी तथा सामुदायिक संस्थाका प्रतिनिधि, विकास साझेदार कार्यालयका प्रतिनिधि, नागरिक मञ्चका प्रतिनिधि, बर्हिगमन अभिमत फाराम भर्ने प्रतिनिधिहरू लगायत सरोकारवाला सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
धरान नगरपालिका कार्यालय
सुनसरी
धरान नगरपालिका कार्यालय
सुनसरी
No comments:
Post a Comment