Wednesday, December 26, 2012

धरानमा रहेका अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि धरान नगरपालिका र अन्य निकायको दायित्व तथा भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न





यही मिति २०६9/09/0 सोमवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा "धरानमा रहेका अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि धरान नगरपालिका अन्य निकायको दायित्व तथा भूमिका" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भोजराज खतिवडा अध्यक्षता, प्रमुख अतिथि लक्ष्मण थापा (प्रमुख जिल्ला अधिकारी), विशेष अतिथि राजेन्द्र देव पाण्डे (स्थानीय विकास अधिकारी), धरान स्थित राजनीतिक पार्टीका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नगरवासीहरू, सञ्चारकर्मी तथा पत्रकारहरूको साथै साथै धरान नगरपालिका शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना धरान नगरपालिका तथा नेपाल बसोबास बस्ती समाजको सहयोगमा सञ्चालन भएको थियो।

धरान नगरपालिका क्षेत्रमा रहेका अवस्थित बस्तीहरूको बारेमा बस्ती वासी तथा सरोकारवाला निकायहरू बीचमा अन्तरकृयाद्वारा धरानमा व्यवस्थित बस्ती विकासको लागि आवश्यक सुझाव संकलनका साथ साथै विभिन्न पक्षहरूको आआफ्नो अवस्था तथा राय राख्ने साझा चौतारो उपलब्ध गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य राखिएको थियो ।

कार्यक्रमका धरान नगरपालिकाले अव्यवस्थित बस्तीहरूमा भौतिक विकासका, सामाजिक विकास तथा साथ साथै अन्य प्रदान गरिरहेको विविध सेवाहरू बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने नेपाल बसोबास बस्ती समाजले पनि धरानमा रहेका अवस्थित बस्तीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।साथै कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य वस्तीका प्रतिनिधिहरूबाट धरानमा रहेका अवस्थित बस्तीका बारेमा आआफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो भने धरान नगरपालिकाका काम कार्यवाहीका बारेमा उठेका जिज्ञासाहरूका बारेमा धरान नगरपालिका कार्यालयका विभिन्न शाखा प्रमुखहरूबाट उत्तर दिने कार्य भएको थियो ।


No comments:

Post a Comment