Thursday, January 24, 2013

विज्ञापन रद्द भएको तथा परीक्षा दस्तुर फिर्ता सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा धरान नगरपालिकाबाट रिक्त रहेका दर्वन्दीहरुमा खुल्ला पदपूर्ति गर्ने बारेको विज्ञापन सूचना मिति 2068/10/07 गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन भै पर्न आएको दर्खास्तहरूको परीक्षा संचालन गर्नु पर्नेमा नगरपालिकाले वर्तमान अवस्थामा प्रशासनिक खर्चको सिमाना पालना, गर्नु पर्ने र खर्च कटौती गर्नु पर्ने वाध्यात्मक व्यवस्था भएकोले नयाँ पदपूर्ति नगर्ने, विज्ञापन रद्द गर्ने  र फर्म भर्नेहरुको परीक्षा दस्तुर फिर्ता दिने, भन्ने मिति 2069/09/28 गते बसेको बोर्ड बैठकबाट निर्णय भएको हुँदा विज्ञापन रद्द भएको व्यहोरा सबैमा जानकारी गराइन्छ । यसबाट परीक्षार्थीहरूमा पर्न गएको पीरमर्कामा धरान नगरपालिका क्षमा प्रार्थी छ ।

परीक्षा दस्तुर फिर्ता लीन आउँदा परिचय पत्र वा नागरिकता लिएर आउन समेत जानकारी गराइन्छ।

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 먹튀검증사이트

    ReplyDelete