यही मिति 2070 असोज 21 गते सोमवारका दिन धरान नगरपालिका कार्यालयको प्राङ्गणमा "धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान नगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरान नगर समितिको व्यवस्थापनमा भएको थियो ।
महिला सञ्जालका अध्यक्ष मीना पुलामीको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख दिलबहादुर तामाङ – प्रमुख अतिथि रहनु भएको थियो भने धरान स्थित राजनीतिक दलका प्रतिनिधि लगायत धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा अतिथि रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।
राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा मोडरेटर लक्ष्मी राईबाट बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गरिएको थियो भने मुख्य कार्यक्रमको सहजीकरण पत्रकार भवानी बरालले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विषयमा सहभागीहरूबाट राखिएका प्रश्न तथा जिज्ञासाको समाधान तथा स्पष्ट पार्ने कार्य सम्बन्धित शाखा प्रमुखहरूबाट भएको थियो ।
निष्कर्ष
- धरान नगरपालिका कार्यालयद्वारा जारी गरिएको नागरिक वडापत्र २०६३ संशोधन सहित २०६८ अनुसार नगरपालिकाबाट सेवा लीन चाहने सेवाग्राहीले नगरपालिकाबाट दिइने सेवा सुविधामा सार्वजनिक बहस मार्फत आज २०७०/०६/२१ गते सार्वजनिक बहस सम्पन्न गरियो ।
- धरान नगरपालिकाको ८ वटा शाखाबाट प्रदान गरिने ५० वटा सेवाहरुको बारेमा बुदागत जानकारी दिइएको थियो भने सहभागिहरुबाट विषयगत सूचिका साथ साथै अन्य नगरपालिकाका विविध विषयमा पनि जिज्ञासा तथा प्रश्न राखेका थिए ।
- यस कार्यक्रममा मा 24 वटा भन्दा बढि सेवाग्राहीले सुविधामा भएको कमी कमजोरी माथि जिज्ञासा राख्ने काम भएको छ ।
- भविष्यमा यस्ता कार्यक्रममा बढीभन्दा बढि सहभागिता गराउन सरोकारवाला सबैको दायित्व रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874