Friday, May 15, 2015

सुरक्षित मासु व्यवसायको अवस्था तथा आवश्यकता पहिचान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम



धरान उप-महानगरपालिका आ.ब. २०७१/०७२ को क्षमता विकास योजना अन्तर्गत स्थानीय निकायको क्षमता विकासको लागि विभिन्न किसिमका क्षमता विकासका क्रियाकलापहरू तय गरिएको छ । उक्त क्रियाकलापहरू मध्ये सुरक्षित तथा स्वस्थ मासु व्यवसायको लागि मासु व्यवसायी तथा सरोकारवालाहरू सँग सुरक्षित मासु व्यवसायको अवस्था तथा आवश्यकता पहिचान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम यही मिति २०७२/०१/३१ गते बिहीवार पूर्वात्र्चल क्षेत्रीय अध्ययन केन्द्र, धरान उप-महानगरपालिकामा सम्पन्न भएको छ  .

धरान नगर क्षेत्रमा हाल सञ्चालित मासु व्यवसायहरूको अवस्था विश्लेषण भै सुरक्षित तथा स्वास्थ्य मासु विक्री वितरण गर्नमा सरोकारवाला सबैमा सहकार्य गरी मासु पसलहरूको न्यूनतम माप दण्ड कायम गर्दै नियमित अनुगमन तथा नियमनको संयन्त्र निर्माण गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।

कार्यक्रममा मासु व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवाला संस्था - धरान मासु व्यवसायी तथा प्राविधिक संघ तथा  धरान मासु व्यवसायी संघवाट समिति प्रतिनिधिहरू, प्रतिनिधि वंगुर मासु व्यवसायी, रागाँ मासु व्यवसायी, कुखुरा मासु व्यवसायी तथा खसी मासु व्यवसायी गरि जम्मा ३० जना सहभागीहरू रहनु भएको थियो ।

उक्त एक दिने अन्तरक्रिया कार्यक्रमको लागि सहजकर्ताको रूपमा फोरम फर हेल्थ रिसर्च डेभलपमेन्ट धरानका  धिरेन्द्र लिम्वु र कल्याण राई तथा हात्तीसार केन्द्रीय प्रविधि क्याम्पस तथा फोरम फर हेल्थ रिसर्च डेभलपमेन्ट धरानबाट  प्रिन्स सुब्बा रहनु भएको थियो ।

कार्यक्रममा व्यवासयीहरुबाट स्वास्थ्य तथा सुरक्षित मासु व्यवसायको आवश्यकता पहिचान तथा प्रतिवद्धता जाहेर भएको छ साथै स्वास्थ्य मासु बिक्रो वितरणको लागि बजार अनुगमन गर्न अनुगमन समितिको गठनको लागि प्रतिनिधि छनौट गरिएको छ। यस समितिले स्वस्थ मासु विक्री वितरणको लागी न्यूनतम मासु व्यवसायको मापदण्ड निर्माण गर्ने तथा मापदण्ड कार्यान्वयन गर्न अनुगमन समितिले सहजिकरण तथा कार्यवाहीको सिफारिस गर्ने प्रतिबद्धता नै यस अन्तरक्रिया कार्यक्रमको मुख्य उपलब्धिको रूपमा लिइएको छ ।


3 comments:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 메이저안전놀이터

    ReplyDelete
  2. Why not settling on games that is fun and at the same time your earning. Well it'll make suspense because of the game as well but dude just try it and it gave me hope while pandemic is real rn. 5 Practical Ways to Become a Smart Casino Player

    ReplyDelete