Wednesday, July 8, 2015

सामाजिक परिचालन कार्यविधि २०७१, सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न




सामाजिक परिचालन निर्देशिका २०७१ अनुसार नगरपालिकाको हरेक वडामा वडा नागरिक मत्र्च गठन  गर्नु पर्ने भए बमोजिम हालै धरान उप-महा नगरपालिकाका सम्पूर्ण वडाहरूमा सामा
जिक परिचालकको नियुक्ति भै सकेको तथा वडा नागरिक मञ्च गठन भै सकेकोले सामाजिक परिचालक तथा नव गठित वडा नागरिक मञ्चको संयोजक तथा उप-संयोजकलाई सामाजिक परिचालन कार्यविधि २०७१, अन्तर्गत सामाजिक परिचालक तथा वडा नागरिक मञ्च पदाधिकारीहरूको काम कर्तव्य तथा अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मिति २०७२ असार १६ र १७ गते एक / एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उदेश्य सहभागीहरूमा सामाजिक परिचालन कार्यक्रमको बारेमा सामाजिक परिचालक, वडा नागरिक मञ्च, वडा सचिव तथा सेवा प्रदायक संस्थाहरू बीच समान बुझाइको विकास गराउनु तथा सामाजिक परिचालक कार्यविधिको विषयमा अन्तर्कृया तथा जfनकारी दिनु रहेको थियो ।
कार्यक्रममा सहभागीको रुपमा धरान उप-महानगरपालिका का सबै वडाहरूका स्थानीय सेवा प्रदायक संस्थाद्वारा नियुक्ति भएका सामाजिक परिचालक, सबै वडाका वडा नागरिक मञ्चको संयोजक तथा उप-संयोजक, स्थानीय सेवा प्रदायक संस्थाका कार्यक्रम संयोजक  तथा सम्बन्धित सबै वडा सचिवहरू गरि जम्मा ११० जना उक्त अनुशिक्षण कार्यक्रमका सहभागीहरू रहेको थियो । उक्त कार्यक्रम मिति २०७१ असार १६ गते वडा नं. १ देखि वार्ड १३ सम्म तथा २०७१ असार १७ गते वार्ड नं. १४ देखि वार्ड २७ सम्मका सहभागीहरूलाई समावेश गराइको थियो ।

अनुशिक्षण कार्यक्रमका श्रोत व्यक्तिको रुपमा धरान उप-महानगरपालिकाको कार्यकारी अधिकृत टीकादत्त राई तथा सामाजिक विकास अधिकृत सुनिल नेपालद्वारा सामाजिक परिचालन कार्यविधिको विभिन्न विषयमा सहजिकरण गरिएको थियो ।

No comments:

Post a Comment