Monday, December 14, 2015

नगर बाल भेला २०७२ सम्पन्न

                  
 

बालबालिका भनेका भविष्यका कर्णधार हुन ।घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ भने झै सक्षम र प्रभावशाली व्यक्तित्व विकासका लागि बालकदेखि नै उसका चौतर्फी विकास हुन आवश्यक छ। बाल बालिकाको बाच्न पाउने अधिकार ,संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार मुख्य हुन ।यी कुराहरुलाई बालबालिकाकै प्रत्यक्ष संलग्नतामा स्थापित गर्दै जान र बालमैत्री नगरको रुपमा यस नगरलाई विकास गरि समग्र नगर समाज र देशको विकासको मूलधारमा बालबालिकाहरुलाई सहभागि गराउन धरान उपमहानगरपालिकाको आयोजना तथा नगर बाल संजालको समन्वयमा नगरका २७ वटै वडाका सरोकारवाला बालबालिकाहरुको सहभागितामा एक दिने नगर बाल भेला आयोजना गरिएको हो ।
कार्यक्रमको नाम
नगर बाल भेला  2072 
उद्धेश्य    
1.बाल अधिकार सम्बन्धमा जानकारी साथै बाल सरोकारका विविध विषयहरु माथि छलफल गर्ने ।
2.बालमैत्री स्थानीय शासन र बालमैत्री स्थानीय शासनका सुचकहरु र यस बाट पर्ने प्रभाव बारे जानकारी दिने ।
3.धरान उप-महानगरपालिका क्षेत्रमा आगामी आर्थिक बर्ष 2073/74 मा बालबालिका लक्षित कार्यक्रम तथा योजनाहरु तर्जुमा, प्राथमिकिकरण साथै छनौट गर्ने ।



कार्यक्रम संचालन
कार्यक्रम संचालन नगर बाल संजालका सदस्य दिलु दर्नालले गर्नु भएको थियो । मिति 2072 मंसिर 19 गते शनिवार का दिन गीता भवन धरान -5 को सभाहलमा धरान उपमहानगरपालिका भित्रका सामुदायिक विधालय तथा वडा नागरिक मन्चको 2-२ जना बाल प्रतिनिधी गरि प्रत्येक वडाका 4 जना, नगर बाल संजालका पदाधिकारीहरु, 1 देखि 27 वटै वडाका सामाजिक परिचालक, उप-महानगरपालिकाको सम्बन्धित शाखाका कर्मचारी समेत गरि 150 जनाको सहभागिता रहेको थियो ।
धरान उपमहानगरपालिकाका सामाजिक विकास शाखाका सामाजिक विकास अधिकृत श्री सुनिल नेपालको प्रमुख आतिथ्य तथा स्थानीय शासन विज्ञ श्री पूर्णकला राई, सामाजिक विकास शाखाका सरसफाई प्राविधिक (अधिकृत) श्री शिशिर श्रेष्ठ, श्री निर्मला बस्नेत, श्री सरोज बास्तोला, श्री बाला अधिकारी लगायतका कर्मचारीहरु कार्यक्रम व्यवस्थापन तथा संयोजनका लागि खटिएका थिए ।
कार्यक्रमका सहजकर्ताहरु
बाल भेला कार्यक्रममा धरान उपमहानगरपालिका सामाजिक विकास अधिकृत श्री सुनिल नेपाल, सरसफाई प्राविधिक (अधिकृत) श्री शिशिर श्रेष्ठ, सामाजिक विकास शाखाका श्री निर्मला बस्नेत र श्री सरोज बास्तोलाले सहजिकरण गर्नुभएको थियो ।
सहभागी
कार्यक्रम हलमा धरान उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका बाल क्लब, वडा नागरिक मन्चका बाल प्रतिनिधी, नगर बाल  सञ्जालका पदाधिकारी साथै अन्य  बालबालिकाहरु समेत 150 जनाको सहभागिता रहेको थियो ।


उपलब्धी तथा निष्कर्स:
Ø बालबालिकाहरुलाई बाल अधिकारका क्षेत्रहरु बारे जानकारी भयो ।
Ø बालबालिकाहरुले आफ्नै सकृय सहभागितामा न.पा.को आगामी आ.. २०७३/०७४ का लागि विभिन्न योजना तथा कार्यक्रमहरु चित्रको माध्यबाट तयार गरी उक्त कार्यक्रम तथा योजनाहरु नगर बाल संजालको मुख्य पदाधिकारीहरुले न.पा.को सम्बन्धित शाखाका कर्मचारीहरुसंग समन्वय गरि प्राथमिकिकरण गर्ने निर्णय गरे ।
Ø नगर बाल संजालको समन्वय र संचालनमा कार्यक्रम भएकोले नगर बाल संजालका पदाधिकारीले पहिलो पटक आफ्नो प्रतय्क्ष संलग्नतामा कार्यक्रम संचालन गरेका थिए ।जसबाट उनिहरुको क्षमतामा बढोतरी भएको पाईयो ।
Ø कार्यक्रममा सहभागी सबै बालबालिकाहरु कार्यक्रममा सहभागी हुन पाउदा उत्साही र खुशी भएको पाईयो ।

Ø बालबालिकाहरुले आफ्नो, घर परिवारको, समाज साथै नगरको विकासमा महत्वपुर्ण भूमिका खेल्ने हुँदा विकासका हरेक कृयाकलापहरुमा उनिहरुको गहकिलो सहभागीता जरुरी रहेकोमा यस बाल भेलाले सो कार्यमा एउटा महत्वपुर्ण टेवा पुगेको देखिन्छ । यसलाई नियमित र थप प्रभावकारी बनाउदै लैजान जरुरी देखिन्छ ।

4 comments:

  1. Dharan Municipality is playing an important role for the development of kids in the area. Due to this they should be congratulated

    ReplyDelete
  2. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 사설사이트

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete